प्रधानमन्त्री ओलीको नेतृत्वमा तीन उपप्रधानमन्त्री, पोखरेल बाहिरिए

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दा तीन वटा उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । ओलीले विष्णु पौडेल, रघुविर महासेठ र उपेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउन लागेको स्रोतको दाबी । महतो उपप्रधानसहित सहरी विकास मन्त्री हुने भएका छन् ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ ।

पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ । त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय