विवाह मण्डपमै दुलहीको ज्यान गयो,त्यसपछि यसो गरे बेहुलाले

काठमाण्डौ । विवाह मण्डपमै दुलहिको ज्यान गएपछि के हुन्छ होला ? यस्तो बज्रपात कसैलाई पनि नपरोस तर भारतमा यस्तै घटना घटेको छ ।

भारत उत्तर प्रदेशको इतावाह जिल्लामा पर्ने समासपुरा गाउँमा सो घटना भएको भारितय मिडियाले जनाएका छन ।

विवाह चलिरहेकै समयमा बेहुलीको ज्यान गयो त्यसपछि उनको शव कोठामा राखेर बेहुलीको बहिनीसँग उनको विहे गरियो । इटवाह जिल्लाको नवली गाउँका बेहुलाको नाम मंगेश कुमार हो । समासपुर गाउँकी सुरभी नामकी युवतीसँग बिहीबार उनको बिहे हुन लागेको थियो ।

स्वास्थ्यमा समस्या आएपछि बेहुलीलाई अस्ताल लगिएको थियो तर डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । उनको हृदय घातका कारण मृत्यु भएको अस्पतालले जनाएको थियो । मृत बेहुलीलाई कोठामा राखेर बहिनीसँग विहे गराउनु पर्दाको त्यो क्षण निकै हृदयविदारक भएको भारतीय मिडियाले जनाएका छन ।

प्रतिक्रिया