काँग्रेस सभापति शेरबहादर देउवाले किन दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवाद ?

काठमाण्डौ । नेपाललाई कोरोनाविरुद्धको खोज दिने अमेरिकी सरकारको घोषणालाई स्वागत गर्दै काँग्रेस सभापति शेयरबहादर देउवाले धन्यवाद ब्यक्त गरेका छन

नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने अमेरिकी घोषणा गरेपछि शुक्रवार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका हुन् ।

​उनले बाइडेनको यो निर्णयले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेका छन् । बिहीबार अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

राष्ट्रपति बाइडेनले बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देशका लागि ७० लाख खोप अनुदान दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया