काठमाठौं–सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव जेठ २३ गतेको साधारण सभाबाट पारित गर्नेछ । केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
सानिमा लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच आईपीओ निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ ।
एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इस्योरेन्टको आईपीओ निष्कासनपछि बीमा समितिले तोकेबेमाजिम २ अर्ब रुपैयाँ पुग्नेछ भने कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ ।
साधारण सभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरे पनि आईपीओ निष्कासन गर्नेछ ।