काठमाडौं–शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड कायम भैरहेका बेला गोर्खाज फाइनान्सको शेयर अस्वभाविक रुपमा बढेको छ । उक्त फाइनान्सको शेयर एक महिनाको अवधिमा करिब दोब्बर बढेको छ ।
अघिल्लो महिना ४७१ रुपैयाँमा कारोबार भएको शेयर बिहीबार कारोबार बन्द हुँदा प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा सतप्रतिशत शेयर बढ्न केले काम ग¥यो त ? शेयर ब्रोकरका अनुसार यो फाइनान्सको शेयर कारोबारमा चलखेल भएको छ । लगानीकर्ताले एक महिनाकै अवधिमा सतप्रतिशत कमाए पनि अस्वभाविक रुपमा मूल्य बढेको बताइएको छ । ती बिश्लेषकका अनुसार गोर्खाज फाइनान्सको सेयर कर्नरिङ भयो ।
सेयरको आपूर्ति कम भएको र कम्पनीपनि राम्रो अवस्थामा भएको हुँदा यसको मूल्य बढाउन कर्नरिङ भएको स्पष्ट देखिन्छ । विकास बैंकबाट फाइनान्स कम्पनीमा झरेको एक मात्र वित्तीय संस्था गोर्खाज फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्मको विवरण अनुसार यसको रिजर्बमा ७८ करोड ५१ लाख रहेको छ ।
गोर्खाज फाइनान्सले चैत मसान्तको वित्तीय विवरणबाट मात्र आफ्नो सन्चित नोक्सानलाई नाफामा लगेको हो । जुन २ करोड २१ लाख रुपैयाँ छ । फाइनान्सले चैत मसान्तसम्ममा २७ करोड ३७ लाख नाफा कमाएको छ । चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाड्न ३० प्रतिशत नाफा बाड्न मिल्छ । बैशाखदेखि निषेधाज्ञा लगाएको हुँदा असार मसान्तसम्म भने यो विवरण फरक भने पर्न सक्छ ।
गोर्खाज फाइनान्सले चैत मसान्तको वित्तीय विवरणबाट मात्र आफ्नो सन्चित नोक्सानलाई नाफामा लगेको हो । जुन २ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो वर्षसम्म २९ करोड रुपैयाँले गोर्खाज फाइनान्स सन्चित नोक्सानमा चलेको छ । वितरण योग्य नाफाबाट ३० प्रतिशत लाभांश बाड्न सक्ने देखिएपनि सन्चितीलाई नोक्सानीबाट बाट धनात्मक बनाएको फाइनान्सले सो लाभांश दिन सक्देन । फाइनान्सले चैत मसान्तसम्म ७ अर्ब ६१ करोड निक्षेप संकलन गरेर ५ अर्ब ७२ करोड कर्जा दिएको छ ।