नेप्सेमा उत्साह कायमै,कारोबार रकम पनि १७ अर्व नजिक

काठमाण्डो । साताको अन्तिम दिन नेप्से २९ अंक भन्दा धेरैले बढेको छ ।

योसँगै कारोबार समग्र बजार २८५६ विन्दुको किर्तिमानी उचाइमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि १७ अर्व नजिक पुगेको छ ।

आज जलविद्यतु र इन्स्योरेन्स कम्पनी बाहेक अन्य सबै कम्पनीको उपसूचक बढेको छ ।

आज कारोबार भएका २१८ कम्पनीहरुमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ८१ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।

आज नेपाल पुनर्विमा कम्पनीको शेयर सबैभन्दा धेरै खरिदविक्री भएको छ भने ४ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय