शेयर बजारमा आज यी १४ कम्पनीका लगानीकर्तालाई मालामाल

काठमाडौं–निषेधाज्ञाको बेला शेयर बजार उच्च विन्दुमा पुगेको छ । पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढे पछि शेयर बजार वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार उच्च अंकको बृद्धि आएको छ । आज नेप्से अंकले बढेर दुई हजार आठ सय २७ दशमलब १३ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ११ अर्ब ३५ करोड १८ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये म्यूचुअल फण्ड बाहेक अन्य समूहमा हरियाली छाएको छ ।

आज १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमामाई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स र गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी रहेका छन् ।

त्यसैगरी, आइसीएफसी फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, रिलायन्स फाइनान्स कम्पनी र गुरास फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय