• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

फेरी चम्कियो शेयर बजार,अर्धसतक भन्दा धेरैले नेप्से बढ्दा कारोबार रकम भने घट्यो

काठमाण्डौ । केहि दिन लगानीकर्तालाई निराश बनाएको शेयर बजारले आज भने रौनक दिएको छ ।

साताको चौथो दिन नेप्से अर्धसतक हाराहारीमा बढेसँगै बजारमा उत्साहा आएको छ । गत हप्ता नेप्सेले अहिले सम्मकै उच्च विन्दु र कारोबारमा १७ अर्वको किर्तिमानी कायम गरेको थियो । आज बुधबार कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढेपछि नेप्से पनि बढेको हो । तर कारोबार कम भने निरन्तर ओरालो लागिरहेको छ ।

बुधबार नेप्से ५५ अंकले बढेको छ भने कारोबार रकम ११ अर्वमाथि पुगेको छ । कारोबार भएका मध्य एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लेवलमा कारोबार भएको छ भने आज नेप्सेका प्राय सबै उपसूचकहरुमा हरियाली पोतिएको छ । वित्त क्षेत्रका लगानीकर्ताँले आज सबै भन्दा धेरै कमाए भने लद्युवित्तका लगानीकर्ता निराश भए ।

नेपाल पुनरविमा कम्पनीको सबै भन्दा धेरै कारोबार हुँदा एक लाख १४ हजार भन्दा धेरै पटक शेयर कारोबार भएको छ । आज म्युचुअल फण्डको उपसूचकमा भने सामान्य गिरावट आएको छ । आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय