काठमाडौं – हिजो मात्र इन्टरनेट क्षेत्रमा हात हालेर चर्चामा आएको चौधरी ग्रुपमा आज भने निकै दुखद खवर सार्वजनिक भएको छ ।
नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा बिहान साँढे आठ बजे आगलागी भएको हो ।
दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।
आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताए।