काठमाडौं–शिखर इन्स्योरेन्स हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शिखर इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद शेयर एनआइबिएल एस क्यापिटलले निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई इन्स्योरेन्सले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सचिव सुरज राजबाहक र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित कम्पनी हो ।