• गृहपृष्ठ /
  • शेयर बजार ,
  • बिज्ञान -प्रबिधि ,
  • मुख्य खबर ,
  • समाचार ,
  • सूचना/प्रविधि

चौधरी ग्रुपले सुरु गर्यो इन्टरनेट, अहिले सम्मकै सस्तोमा इन्टरनेट दिने योजना

काठमाण्डौ । चौधरी ग्रुपले इन्टरनेट सुरु गरेको छ । कम्पनीले सिजी कम्युनिकेशनले इन्टरनेट सेवा सुरु गरेको हो ।

सिजीले अन्तत फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो। कम्पनीका प्रमुख निर्वान चौधरीले आजदेखि सिजी नेटको सेवा सुरु गरेको जानकारी दिएका छन ।

द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा दिन तत्पर रहेको कम्पनीले जानकारी दिएको छ।

सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। सिजीनेटले विभिन्न प्याकेज सुविधा दिएको छ। ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ।

तत्कालका लागि कुमारीपाटी,जावलाखेल र इमाडोलमा सर्भिस सेन्टर रहेका छन्। कम्पनीमा सिधै वा सेवा केन्द्रबाट जडान सम्बन्धी जानकारी लिन सकिने छ।

प्रतिक्रिया