विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्वल थापाको उपचारका क्रममा निधन

काठमाण्डौ – कोरोना संक्रमित भएर भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्वल थापाको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारकै त्रममा ज्यान गएको हो ।

करिब दुई साताअघि कोरोना संक्रमित बनेका थापा मेडिसिटी अस्पतालमा उपचाररत छन् । उनलाई केही दिनदेखि भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार गरिएको भएपनि त्यो सफल हुन सकेन ।

उनको उपचार खर्च अभाव भएपछि १ दिनमै ५० लाख भन्दा धेरै आर्थिक संकलन भएको थियो । थापा युवा बर्गमा निकै लोकप्रिय नेताको रुपमा चिनिन्छन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय