उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारीमा प्रमुख जिल्ला अधिकारीहरु

काठमाण्डौ – उपत्यका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बैठक बसि निषेधाज्ञा केहि खुकुलो बनाउने तयारी गरेका छन ।

गत शुक्रबार देखि अत्यन्तै कडा खालको लकडाउन भइरहेको छ । पछिल्लो समय नेपालमा संक्रमण केहि घट्दै गइरहेका कारण पूर्व निर्णयमा केहि पुनरविचार गर्न लागिएको स्रोतको दावी छ ।

यसअघि देशै भरिको संक्रमणको आधा संक्रमण उपत्यकामा देखिने गरेता पनि अहिले भने अबस्थामा केहि सुधार आइरहेको छ । दैनिक १ हजार भन्दा धेरै संक्रमितहरु अहिले पनि थपिइरहेका छन ।

अवको हप्ता भने खाद्य सामाग्री विक्री वितरणमा केहि खुकुलो बनाउने तयारीमा प्रमुख जिल्ला अधिकारीहर रहेका छन ।

प्रतिक्रिया