प्रिओपन सेसनमा ७ अंकले बढ्यो नेप्से,कारोबार रकममा गिरावट

काठमाण्डौ – साताको तेस्रो दिन नेप्से प्रिओपन सेसनमा करिव ८ अंकले बढेको छ ।

योसँगै नेप्से २७९० विन्दुमा पुगेको छ । आज नेप्से बढेपनि कारोबार रकम भने घटेर १ करोड २८ लाखमा झरेको छ ।

यो सेसनमा आज ६४ कम्पनीहरुको कारोबार भएको थियो भने ३२ कम्पनीहरुको शेयर मूल्य भने बढेको छ । त्यस्तै १५ कम्पनीहरुको शेयर मूल्य घट्दा १६ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

राधी जलविद्युतको सबै भन्दा धेरै कारोबार हुँदा २२८ पटक शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय