काठमाडौं–कोरोना संक्रमित भएर भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर, स्वास्थ्यस्थितिमा सुधार आउन सकेको छैन । उनको पछिल्लो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले दिएको जानकारी अनुसार कोरोना रिपोर्ट नेगेटिभ आए पनि स्थास्थ्य अवस्था अत्यन्त जटिल बनेको हो । भाइरसले शरीरमा दीर्घकालीन क्षति गरिसकेको उनले बताएका छन् ।
करिब दुई साताअघि कोरोना संक्रमित बनेका थापा मेडिसिटी अस्पतालमा उपचाररत छन् । उनलाई केही दिनदेखि भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार भइरहेको छ ।