एनएलजी इन्स्योरेन्सले ११ करोडको शेयर दिने

काठमाण्डौ–एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिकोसोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन् ।

कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ रहेको छ। बोनस सेयर जारी पुँजी कम्पनीको चुक्तापुँजी १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बढी पुग्नेछ ।
प्रस्तावित लाभांश नियामक बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय