कोभिड उपचारमा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई १ करोड रासीको पुरस्कार

काठमाडौं–बारबरा फाउण्डेसनले कोडिभ १९को संक्रमणमा जोखिम मोलेर नागरिकको जीवन बचाउन खटिने स्वास्थ्यकर्मीलाई एक करोड रासीको पुरस्कार दिने भएको छ । फाउन्डेसनका कार्यकारिणी सदस्य श्री सुहिृद घिमिरेको सहयोगमा पुरस्कार दिन लागेका हो । घिमिरे जो कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष तथा किया मोर्टसको नेपालका आधिकारिक विक्रेता हुन् ।

देशका सरकारी, सामुदायिक वा गैह्रनाफामुलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येवाट निष्पक्ष छनौट गरेर पुरस्कार दिने फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कार छनोटका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालाको अध्यक्षतामा समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डाक्टर लोचन कार्कीलगायत रहेका छन् । निर्णायक समितिले सिफारिस गरेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्ने फाउण्डेसनले जनाएको छ ।
अग्रपक्तिका विभिन्न पेशाकर्मी मध्ये स्वास्थ्यकर्मीहरुको भूमिका नै सबैभन्दा महत्वपुर्ण रहेकोले सम्मान गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया