पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७८ जनामा संक्रमण पुष्टि भएको छ भने ११४ संक्रमितको मृत्यु भएको छ ।
अहिले १ लाख ६ हजार ४७० जना संक्रमित आइसालेसजनमा छन् । अहिलेसम्म ५ लाख ६१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ३६८ जनाको मृत्यु भएको छ ।