काठमाण्डौ – निरन्तर उकालो लागेर किर्तिमानी बनाइरहेको नेपाली शेयर बजारमा आज भने अत्यधिक विक्रि चापका कारण नेप्से अर्थसतक बराबरले घटेको छ । आज नेप्से ४५ अंक भन्दा धेरैले गिरावट आएको छ ।
निरन्तर उकालो लागेको जलविद्युत समूहमा आज विक्री चाप अत्यधिक परेसँगै यो समूहको मूल्यमा समेत गिरावट आएको थियो । आइतबारको तुलनामा आज कारोबार रकममा पनि ठुलो गिरावट आएको छ । हिजो मात्र १७ अर्वमाथिको कारोबार गरेर शेयर बजारले नयाँ किर्तिमानी कायम गरेको थियो भने बजार समेत उच्च विन्दुमा पुगेको थियो ।
आज भने कारोबार रकम घटेर १३ अर्वमाथि पुगेको छ । जुन हिजोको तुलनामा ४ अर्व हाराहारीमा कमि हो । कारोबार अवधिमा २ सय १८ कम्पनीहरुको शेयर कारोबार भएको थियो । कारोबार भएका मध्य २३ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज राधी जलविद्यतुको सबैभन्दा धेरै कारोबार भएको छ भने लगातार घटेको लद्युवित्तको शेयर मूल्य भने आज सामान्य उकालो लागेको थियो ।