• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने पक्का

काठमाण्डौ । यसो त यो समयमा जलविद्यतु कम्पनीको शेयर मूल्यमा उछाल आइरहेको छ । यसै विच राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।

गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६।५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ करोड ६४ लाख रुपैयाँको १४७।५२ प्रतिशत अर्थात १ शेयर वराबर १।४७५२ का दरमा ९५ लाख ३५ हजार ७६०।९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको छ ।

हकप्रद निष्काशन गर्ने प्रस्ताव कम्पनीको आगामी १५ औं बार्षिक साधारण सभामा पेश गर्ने तयारी गरेको छ । हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँ पुग्नेछ ।

विद्युत कम्पनीको नियमन गर्ने निकाय विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई बैंकको ऋण तिर्न पनि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गर्न लागेको छ । आयोगले जलविद्युत कम्पनीको शेयरको सार्वजनिक निष्कासन पूर्व स्वीकृति सम्बन्धी निर्देशिका,२०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

प्रतिक्रिया