काठमाडौं–अर्थमन्त्री विष्णु पौडेलले नेपाल टेलिकमको शेयर उपभोक्तालाई दिने बजेटमा घोषणा गरेसँगै के, कति मूल्यमा कति कित्ता शेयर बिक्री होला भनेर बजारमा चर्चा सुरु भएको छ ।
सरकारी घोषणा अनुसार २२ प्रतिशत शेयर विनिवेस गर्ने भनिएको छ । विनिवेस गरिएको शेयर टेलिकमका सेवाग्राहीलाई दिइने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
टेलिकममा अनुसार करिव तीन करोड एक लाख ९५ हजार कित्ता शेयर सर्वसाaधारणको लागि बिक्रि गर्ने तयारी रहेको छ । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छन् । जस मध्ये सरकारको ९१.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस अनुसार सरकारको १३ करोड ७२ लाख ५० हजार कित्ता शेयर सूचिकृत छ । सरकारको स्वामित्वबाट २२ प्रतिशत हुन आउने तीन करोड एक लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि गर्ने देखिन्छ ।
के कति मूल्य र पक्रियाको बारेमा भने बजेटले केही खुलाएको छैन । कम्पनीको शेयर विनेवेश सम्बन्धी विस्तृत प्रक्रिया र शेयर मूल्यको विवरण आगामी २०७८ असोज मसान्तभित्र तयार गरिने बजेटमा लेखिएको छ ।
टेलिकमको प्रति कित्ता शेयरको नेटवर्थ ६ सय ५३ रुपैयाँ १० पैसा छ । नियामक निकायले प्रिमियममा शेयर निष्कासन गर्ने कम्पनीको सबैभन्दा पहिले नेटवर्थ लाई प्राथमिकता दिने गर्छ । त्यसलाई आधार मान्ने हो भने कम्पनीको शेयर मूल्य ६ सय रुपैयाँ भन्दा माथिमै सर्बसाधारणकालागि बिक्रि खुला हुने सम्भावना छ ।
नेपाल टेलिकम अहिले पनि आम सर्वसाधारणसहितको सेयर स्वामित्व भएको कम्पनी हो । त्यसमा सेयर सहभागिता वृद्धि गर्ने भन्दै सो कम्पनीको थप २२ प्रतिशत सेयर बिक्री गर्ने गरी बजेटमा व्यवस्था गरिएको हो।
सरकारको लगानी रहेको यस कम्पनीको शेयर थप बिक्री गरेर सरकारले पैसा फिर्ता गर्न चाहेको छ । नेपाल दूरसञ्चार कम्पनीमा सरकारको ९१.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ । अहिले नेपाल टेलिकममा सरकारको ९१.५० प्रतिशत शेयर स्वामित्व छ । यसैगरी, अन्य शेयर भने सर्वसाधारण, नागरिक लगानी कोष र सञ्चार मन्त्रालयको नाममा छन् । जसमा सर्वसाधारणको ८.४७ प्रतिशत छ । जसमा सर्वसाधारण शेयर धनीको ४.४४ प्रतिशत र कर्मचारीको ४.०४ प्रतिशत तथा कोषको ०.०३ प्रतिशत र वाकी रहेको शेयर स्वामित्व सञ्चार मन्त्रालयको नाममा छ । बजार पूँजीकरणका आधारमा २ खर्ब ३ अर्ब ४० करोड बराबर रहेको छ । आइतबार सो कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३१८ थियो ।