काठमाण्डौ – कोरोना संक्रमण ज्यान जाने भन्दा यसको प्रभावले ज्यान जानेको संख्या अत्यन्तै धेरै रहेको कुरा सबैलाई अवगतनै छ ।
कोरोनाकै कारणले दैनिक दर्जनौं मानिसले आत्महत्या गरेको खवरहरु सार्वजनिक भइरहेका छन । यस्तै दुखद खवर भर्खर सार्वजनिक भएको छ । कोराना संक्रमणबाट श्रीमानको मृत्यु पश्चात अस्पतालमा कुरुवा बसेकी एक महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झु ण्डिएर आ त्मह त्या गरेकी हुन् ।
शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृ त्यु भएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झु ण्डिएर आ त्मह त्या गरेको वडाध्यक्ष खगेन्द्र रावतले बताए ।
मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।