• गृहपृष्ठ /
  • अनौठो बिश्व ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • सूचना/प्रविधि

चिनले कृतिम सुर्य बनाएर विश्व किर्तिमान कायम गर्यो,१२ करोड डिग्री सेल्सियस पुग्यो तापक्रम

काठमाण्डौ – चिन विश्वमा नयाँ कृतिमानी बनाउनमा सबैभन्दा अगाडी रहेको छ । पछिल्लो समय विभिन्न क्षेत्रमा कसैले तोड्नै नसक्ने कृतिमानी बनाइरहेको चिनले पछिल्लो समय कृतिम सुर्य बनाएर विश्वलाईनै चकित बनाएको छ ।

शुक्राबार चिनीया बैज्ञानिहरुले फ्युजन रियाक्टरबाट १२ करोड डिग्री सेल्सियस तापक्रम प्राप्त गर्न सफल भएका छन । यो सुर्यको तापक्रम जस्तै हो भने पृथ्वीमा अहिले सम्म मापन गरिएको सबैभन्दा धेरै तापक्रम हो ।

यसमा सूर्य जस्तै न्युक्लियर आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो ।

यो उपलब्धीबारे इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका खोजकर्ता गोङ शिआनजुले घोषणा गरेका छन् जो यसको अनुसन्धान सञ्चालनका नेतृत्वकर्ता हुन् । ‘एक्सपेरिमेन्टल अड्भान्स्ड सुपरकन्डक्टिङ तोकामाक’, इस्ट नामक सो उपकरणले १२० सेकेन्ड सम्म १२ करोड डिग्री सेल्सियस र २० सेकेन्डका लागि १६ करोड डिग्री सेल्सियस तापमान उत्पन्न गराउन सफल भएको बताइएको छ ।

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस क्रित्रिम सूर्य अर्थात् न्युक्लियर रियाक्टरले २०१८ को नोभेम्बरमा १० करोड डिग्री सम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरेको थियो । त्यो भनेको सूर्यको तापमान भन्दा ७ गुणा धेरै हो । न्युक्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास अन्तर्गत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए ।

प्रतिक्रिया