काठमाण्डौ – साताको पहिलो दिन नेप्से प्रिओपन सेसनमा २० अंक भन्दा धेरैले बढेको छ । योसँगै समग्र बजार २८३६ विन्दुमा पुगेको छ ।
सरकारको निति तथा कार्यक्रमपछि बजार कुन दिशा तर्फजाला भन्ने अन्योलका विच आज बजार उकालो लागेको हो । यो सेसनमा आज ८० कम्पनीहरुको २ करोड ६३ लाख भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ६० कम्पनीको शेयर मुल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १५ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
आज युनाइटेड मोदि जलविद्युतको सबैभन्दा धेरे कारोबार भएको छ भने २ दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ५ प्रतिशत हाराहारीमा बढेको छ ।