कोभिड उपचारका लागि ६८ अर्ब रुपैयाँ

काठमाडौं–कोभिड १९को उपचारमा खोप खरिद, उपकरण खरिद र उपचारमा सरकारले आगामि आर्थिक वर्ष करिव ६८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ, कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ र उपकरण खरिद गर्न चार अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया