• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

नेपालमा दैनिक संक्रमण ५ हजार भन्दा तल झर्यो,आज पनि संक्रमित भन्दा निको हुने धेरै

काठमाण्डौ – नेपालमा कोरोना संक्रमण विस्तारै नियन्त्रणमा आउन लागेको पछिल्लो विवरणले देखाएको छ । केहि दिन देश संक्रमीत भन्दा निको हुने धेरै रहेको आँकडाले पनि यो पुष्टी गरेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४८७ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११६ संक्रमितको मृत्यु भएको छ ।सोही अवधीमा ६ हजार ८० जना कोरोना मुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ३४ हजार ७५० जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ४७ जनाको मृत्यु भएको छ

प्रतिक्रिया