काठमाडौं–चौतर्फी आलोचनाका बीच सरकारले आज आगामि आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याउने भएको छ । काम चलाउ सरकारले पूर्ण आकारको बजेट ल्याउन नहुने आलोचना भए पनि संविधानमा जेठ १५मा बजेट ल्याउने व्यवस्था अनुसार अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले वृद्धि भत्ता वृद्धिसहित केही पपुलिष्ट कार्यक्रम राखेर आज ४ बजे सार्वजनिक गर्ने अर्थमन्त्रालय स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारबाट सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट ल्याउन लागेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेकाले निर्वाचतमा मतदाता रिझाउने बजेट आउने अनुमान गरिएको छ ।
करिव साढे १५ खर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने बताइएको छ । ओलीले यसअघि नै वृद्धभत्ता बढाउने घोषणा गरेकाले अहिले वितरण गर्दै आएको वृद्धभत्ता ३ हजार रुपैयाँबाट बढाएर ४ देखि ५ हजार रुपैयाँ पुर्याउने बताइएको छ । बजेट कोभिडको नियन्त्रण र निर्वाचनमा बढी केन्द्रित हुने बताइएको छ ।