काठमाडौं–राजनीतिक स्वार्थका लागि सवा चार सय जनाको कैद मिनाहा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनका लागि जसपाका महन्त ठाकुर, राजेन्द्र महतोसँग गरेको सम्झौता अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन् ।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।