काठमाडौं–प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधिश सहित पाँच जना न्यायाधिश रहेका छन् ।
पाँच मध्ये न्यायाधीश बमकुमार श्रेष्ठको बारेमा कानुनविद् गोबिन्द बन्दीले प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका हुन् । “नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?,” बन्दीको प्रश्न थियो,“त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।”
बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए ।