काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीले मुलुकको अर्थतन्त्रमा ठूलो असर पुगेको अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् । चालु आर्थिक बर्ष ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने अनुमान गरिएको थियो । अर्थमन्त्रीले पौडेलले ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न पनि नसकिने बताए ।
शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका छन् । कोभिडको कारण निषेधाज्ञाले अर्थतन्त्रमा असर पुगेको उनले बताए ।