नेपाल वायुसेवा निगमको व्यवस्थापनमा लापरवाही, ऋण दायित्व चुलिँदै

काठमाण्डौ । नेपाल वायुसेवा निगम ९नेवानि० पछिल्लो समय गम्भीर आर्थिक समस्यामा फसेको छ। जहाज खरिदका लागि लिएको ३४ अर्ब रुपैयाँ ऋण समयमै तिर्न नसक्दा ऋणको दायित्व झन्डै ४२ प्रतिशतले बढेर ४८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। निगमले कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो। तर, नियमित किस्ता तिर्न नसक्दा ब्याज, हर्जाना, र जरिवाना थपिँदै ऋणको भार बढिरहेको छ।

निगमले दुई वाइडबडी र दुई न्यारोबडी जहाज खरिद गरेको थियो। तर, न्यारोबडी जहाजहरू पटक(पटक ग्राउन्डेड हुनुका साथै वाइडबडी जहाजहरूलाई लामो दूरीको सट्टा छोटो गन्तव्यमा उडाउँदा निगमलाई झन् बढी घाटा हुन पुगेको छ। वाइडबडी जहाजहरू उडाउँदा निगमले प्रत्येक वर्ष अरबौं रुपैयाँ नोक्सानी व्यहोरिरहेको छ, जसले निगमको आर्थिक स्थिति थप नाजुक बनाएको छ।

न्यारोबडी जहाजहरूको इन्जिनमा बारम्बार समस्या देखिनु, इन्जिन मर्मतमा ढिलाइ हुनु, र मर्मतसम्भारका लागि आवश्यक खर्च उच्च हुनुले पनि निगमको अवस्था झन् बिग्रँदै गएको छ। निगमले मर्मतसम्भारका लागि इजरायल र इटालीमा जहाज पठाएको थियो, तर इन्जिन मर्मतमा ढिलाइ हुँदा जहाजहरू लामो समयसम्म ग्राउन्डेड रहे, जसले निगमलाई करोडौं रुपैयाँ नोक्सानी गरायो।

छानबिन समितिले निगम व्यवस्थापनमा गम्भीर लापरवाही भएको ठहर गरेको छ। समितिले निगमको नेतृत्व परिवर्तन गरी सुधारका लागि ठोस कदम चाल्न सिफारिस गरेको छ। महालेखापरीक्षकको प्रतिवेदनमा पनि निगमले सम्झौताको सर्त पालना नगरेको र समयमै ऋण भुक्तानी नगरेको भन्दै प्रश्न उठाइएको छ।

निगमको आर्थिक संकट, जहाज मर्मतसम्भारमा ढिलाइ, र ऋणको भारले गर्दा यसको भविष्य थप चुनौतीपूर्ण बन्दै गएको छ। आजको नयाँपत्रिका दैनिकको सहयोगमा 

प्रतिक्रिया