बाबु विनोदको शब्दमा ‘मेरी हजुर’ सार्वजनिक, सुरज र मेलिनाको स्वर

काठमाडौँ । युवा सर्जक बाबु विनोदको नयाँ गीत ‘मेरी हजुर’ सार्वजनिक भएको छ। छोटो समयमै नेपाली सुगम संगीतमा प्रभाव जमाउन सफल विनोदको नयाँ सिर्जनाले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

माया–प्रेमको भावनालाई समेटेर तयार गरिएको गीतमा लोकप्रिय गायक सुरज पण्डित र गायिका मेलिना राईको स्वर रहेको छ। गीतका शब्द बाबु विनोदले लेखेका हुन् भने संगीत संयोजन सुरज पण्डितले गरेका छन्।

गीतको म्युजिक भिडियोमा बाबु विनोद स्वयं र गीत ढुङ्गानाले अभिनय गरेका छन्। भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। निर्माण युनिटले भिडियोलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेको देखिन्छ।

 

प्रतिक्रिया