आईएमई लाइफ र प्रेम दरबारबीच सहकार्य, सेवाग्राहीलाई छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब प्रेम दरबार होटलको जिपलाइन टिकटमा ५०% र होटलका सम्पूर्ण सेवामा ३५% छुट पाउने भएका छन्।

आईएमई लाइफ र प्रेम दरबार प्रा.लि.बीच सम्पन्न सम्झौताका आधारमा यस्तो छुट सुविधा प्रदान गरिने भएको हो। बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको ‘प्रिभिलेज कार्ड’ देखाएर छुट लिन सक्नेछन् भने, अभिकर्ता र कर्मचारीहरूले कम्पनीद्वारा जारी गरिएको आधिकारिक परिचयपत्र प्रस्तुत गरी सुविधा प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्न प्रेम दरबार होटलको टिकट काउन्टरमा गई जिपलाइनको टिकट खरिद गर्नुपर्नेछ। यो सुविधालाई थप प्रभावकारी बनाउन आईएमई लाइफले प्रिभिलेज कार्ड प्रणाली लागू गरेको छ, जसले सेवा सहज र स्तरीय बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया