काठमाडौँ — लोकप्रिय सर्जक तथा गायक जीवन कँडेलको केही वर्षअघि सार्वजनिक भएको ‘लाली जोवन’ बोलको गीतले युट्युबमा दश लाख दर्शक पाएको छ।
कँडेलको आफ्नै शब्द तथा लय सिर्जना रहेको यस गीतमा गायक गणेश अधिकारी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। माया–प्रेमको विषयवस्तुमा आधारित गीतले दर्शक–श्रोताको मन जितेको हो।
गीतले उल्लेखनीय सफलता पाएपछि आर्थिक सन्देशसँग प्रतिक्रिया दिँदै सर्जक कँडेलले दर्शक तथा श्रोताप्रति आभार व्यक्त गरे।
‘लाली जोवन’ गीतको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन् भने भिडियोमा रविन सिंह ठकुरी, रुबिना अधिकारी र वर्षा लम्सालको अभिनय देख्न सकिन्छ।