आजदेखि खाद्यान्न र किराना पसल खोल्न नपाइने, यी दुई कम्पनीले होम डेलिभरी गर्ने

काठमाडौं–कोरोनाको संक्रमण नियन्त्रणमा कडाई गर्न स्थानीय प्रशासनले उपत्यकाका तीन जिल्लामा लगाएको निषेधाज्ञामा कडाई गर्दे आजदेखि खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ ।
तीन जिल्लाका जिल्ला अधिकारीहरुले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले निषेधाज्ञा थप कडा बनाइउदै खाद्यान्न र किराना पसल खोल्न नपाइने व्यवस्था गरेका हुन ।
यसअघि बिहान १० बजेसम्म फलफूल, तरकारी पसल, खाद्यान्न र किराना पसल खोल्न पाइने व्यवस्था गरिएको थियो । आजदेखि भने तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ ।

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा केही सफलता प्राप्त भएको र अबको एक हप्ता थप कडाइका साथ निषेधाज्ञा लागू गरिएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् । आजदेखि २० गतेसम्म एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी प्रमेप्रसाद भट्टराईले जानकारी दिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी भट्टराई कसैलाई खाद्यान्न अभाव भएमा खरिदका लागि विशेष व्यवस्था मिलाइएको मसेत जानकारी दिएका छन । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन ।
अबको एक हप्ताभित्र खाद्यान्न अभाव भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९९८५१३२०३१४०, विभागीय प्रमुख भीमबहादुर थापा ९९८५११३६७८५० र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा ९९८५११२१७८८० लाई फोन गर्न सकिनेछ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९९८५१०२२५६४०, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९९८५१११३६६००, र प्रज्वल प्रधान ९९८४१३३२९९०० लाई फोन गर्न सकिने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सम्पर्क नम्बर ः

मोहनप्रकाश चन्द (प्रमुख कार्यकारी अधिकृत) ः ९८५१३२०३१४

भीमबहादुर थापा (विभागीय प्रमुख) ः ९८५११३६७८५

ज्ञानु थापा (प्रादेशिक प्रमुख, थापाथली) ः ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सम्पर्क नम्बर ः

उर्मिला श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत) ः ९८५१०२२५६४

कुमार राजभण्डारी (नायब कार्यकारी अधिकृत) ः ९८५१०३३३०३

सबल रिजाल (विभागीय प्रमुख) ः ९८५१११३६६०

प्रज्वल प्रधान (अधिकृत) ः ९८४१३३२९९०, ९८१३२७२५६३

प्रतिक्रिया