प्रधानमन्त्रीको दाबी झुटो, कोरोना खोप लगाउनेमा नेपाल ५१ औं स्थानमा

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले अन्य विकिसित मुलुकले भन्दा नेपालमा धेरै छिटो र धेरै संख्यामा खोप लगाएको दाबी गरिरहेका बेला नेपाल खोप लगाउने ५१ औं स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको छ । मुलुकको जनसंख्या र लगाएको खोपको आधारमा मुलुकको बर्गीकरण गरिएको हो ।

खोप कार्यको तथ्याङ्क राखिरहेको आवर वर्ल्ड इन डाटाका अनुसारस बैभन्दा धेरै खोप लगाउनेमा चीन पहिलो नम्बर, अमेरिका दोस्रो र भारत तेस्रो नम्बरमा छन् ।

अहिलेसम्म नेपालमा २७ लाख डोज खोप लगाइसकेको नेपाल यो सूचीको ५१ औं स्थानमा रहेको छ । भारतले सहयोग दिएको १० लाख डोज, सेरमसँग किनेको १० लाख डोज र चीनले अनुदान दिएको ८ लाख डोज खोप मात्र नेपाल आएको छ । चीनले थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ । नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको भए पनि निकै सुस्त रहेको छ । अन्य देशले तिब्र रुपमा खोप लगाइरहेका छन् ।

गरिव मुलुकहरु केही लाख डोज खोपका लागि तडपिइरहेका बेला खोप विकाश र उत्पादनमा पकड भएका मुलुकहरुले आफ्ना नागरिकको ठूलो हिस्सालाई खोप लगाइसकेका छन् ।बुधबारसम्म विश्वभर झण्डै १ अर्ब ७० करोड डोज खोप लगाइएकोमा त्यसको ६० प्रतिशत खपत मुख्य तीन मुलुकहरु चीन, अमेरिका र भारतले गरेका छन् ।

प्रतिक्रिया