काठमाडौं–कोभिडको कारण निषेधाज्ञा भएकाले सबै मानिस घर भित्र छन् । त्यही भएर अधिकांशको ध्यान शेयर बजारमा गएको छ ।
शेयर बजारको कारोबारमा आज नयाँ रेकर्ड राख्दा केही कम्पनीको शेयर मूल्य बढ्यो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अंकले घटेको भए पनि आज १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ बराबरको कारोबार भएको ।
आज २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्श, कालिका पावर कम्पनी, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।
त्यस्तैगरि, पावर कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, राधी विद्युत कम्पनी, शिव श्री हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, सानीमामाई हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, बुटवल पावर कम्पनी, युनियन हाइड्रोपावर लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, युनिभर्सल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनी र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्यमा उच्च बृद्धि आएको छ ।