काठमाण्डौ–निषेधाज्ञाको कारण सबै क्षेत्रमा कडाई भैरहेको छ । पुँजी बजारका लगानीकर्ता घरमै बसेर अनलाइनबाट शेयर कारोबार गरिरहेका छन् ।
तर, आज (बुधबार)सेयर बजार बन्द हुने भएको छ । बुद्धजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले शेयर बजार बन्द हुने भएको हो । आज सेयर बजार बन्द हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।