दिउँसो सरकारी तथा बैंकका सवारी सञ्चालनमा रोक

काठमाडौं–कोरोना नियन्त्रण गर्न जारी निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन उपत्यकामा जारी निषेधाज्ञामा दिउँसो सरकारी सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा कार्यालयको सेवा बन्द हुने भएका छन् ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय गरेका हुन् ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र संचालन हुन पाउने भएका छन् । ती संस्थाका सवारी साधनलाई दिउँसो चल्न नदिइने भएको छ ।

प्रतिक्रिया