काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ भने ८ हजार ६३६ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।