शेयर किनबेचमा बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको नयाँ नियम

काठमाडौं–पुँजी बजारमा नेपाल राष्ट्र बैंकले शेयर किनबेचमा नयाँ नियम ल्याएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किनबेच गर्दै आएकोमा अब लघुवित्तको शेयर किन्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थालाई बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हो ।

निर्देशनमा भनिएको छ,‘ यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न नपाइने बताएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।

प्रतिक्रिया