काठमाण्डौ – सरकारले उपत्यकामा अझ एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरेको छ ।
अहिलेको लकडाउन यहि जेठ १३ गते देखि सकिदै छ । दोस्रो लहरको संक्रमण अझ भयाभव अबस्थामै रहेको निष्कर्ष सहित सरकारले कम्तीमा एक हप्ता लकडाउन थप्ने तयारी गरिरहेको छ ।
सरकारले अब थप्ने निषेधाज्ञालाई बर्तमानको भन्दा निकै कडा बनाउने तयारी समेत गरेको अधिकारीहरुले बताएका छन । अब विहानमा तरकारी पसल समेत खोल्न नदिने विषयमा समेत छलफल भइसकारे सरोकारवालाहरुले बताएका छन ।
सरकारले खाद्यान्य पसल अहिल विहान दश बजे सम्मको लागि खुला गर्ने अनुमती दिएको छ । यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ।