काठमाण्डौ । आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.२१ अंकले बढेर २८४०.२१ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक १.७६ अंकले बढेर ५०८.९३ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ८२ वटा कम्पनीको ४८ हजार ७ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा २ कराेड ९६ लाख ८९ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएकाे छ ।
प्रिओपन सेसन कारोबारमा कालिका पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने राधी जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा नेकाे इन्स्याेरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ ।