उपत्यकामा निषेधाज्ञा बढाउने तयारी, कहिलेसम्म त ?

काठमाण्डौ–विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोक्नका लािग उपत्यकामा जारी निषेधाज्ञा फेरी थप्ने तयारी भएको छ । कोरोनाको संक्रमण वृद्धिदरमा केही कमी भए पनि चेनब्रेक नभएकाले निषेधाज्ञा थप्न लागिएको हो ।

काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको अनौपचारिक छलफलले कम्तीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने विषयमा छलफल भएको छ ।

निषेधाज्ञाले संक्रमण वृद्धिमा रोक्न धेरै सघाउ पुगेकाले लम्बाउने तयारी भएको एक प्रमुख जिल्ला अधिकारीले बताए । निषेधाज्ञा खोल्ना साथ विपक्षी गठबन्धनले सरकार विरुद्धको आन्दोलन पनि गर्ने भएकाले पनि बढाउनु पर्ने निष्कर्ष छ ।

प्रमुख जिल्ला अधिकारीहरुको अनौपचारिक छलफलले हालै सरकारले जारी गरेको अध्यादेशमा समेत निषेधाज्ञालाई कडा बनाउनुपर्ने व्यवस्थाहरु राखिएको छ ।

पछिल्लो निर्णयअनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरको निषेधाज्ञा जेठ १३ गतेसम्म कायम छ । जेठ ११ वा १२ गते बैठक बसेर अनौपचारिक रुपमा भएको सहमतिअनुसारकै निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया