राजनीतिक प्रभावलाई शेयर बजारको बाइकट,नेप्से दोहोरो अंकले बढ्यो कारोबार रकम ११ अर्वमाथि

काठमाण्डौ । धेरैको अनुमान थियो,आज शेयर बजारमा पहिरो जाने छ । त्यो पहिलो सकारात्मक भन्दा पनि नकारात्मक जाने धेरैको अनुमान थियो तर पहिलो सकारात्मक गयो ।

यस विचमा नेपालमा राजनीतिक ठुला ठुला परिर्वतन भएका छन । जसले गर्दा शेयर बजारमा प्रभाव पार्छ भन्नु सामान्य हो तर राजनीतिलाई शेयर बजारले बाइकट गर्न थालेको छ ।

साताको पहिलो दिने आइतबार नेप्सेमा देखिएको रौनकले सोहि कुरा बताउछ । आज कारोबार भएका धेरैजसो कम्पनीको शेयर मूल्य बढेपछि नेप्से पनि फेरी २८ सय माथि पुगेको छ ।

आज नेप्से करिव ३३ अंकले बृद्धिभएको छ । त्यस्तै कारोबार भएका मध्य १ सय २३ कम्पनीको शेयर मूल्य बढेको छ भने जसमा करिव एक दर्जन भन्दा धेरैको सर्किट लेवलमा कारोबार भएको छ भने ५५ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

नेपाल पुनरविमा कम्पनीको शेयरको सबैभन्दा धेरेका कारोबार हुँदा समग्र कारोबार रकम भने ११ अर्व ४२ करोड माथि पुगेको छ । यो अहिले सम्मकै दोस्रो ठुलो कारोबार हो । यसअघि १२ अर्व माथिको कारोवार समेत भइसकेको छ ।

होटल,माइक्रोफाइनान्स र निर्जिवन विमाका बाहेक अरु सबै उपसूचकहरु आज चम्कीए । आज फाइनान्स र विकास बैकका लगानीकर्ता मालामाल भए ।

प्रतिक्रिया