काठमाण्डौं–कोभिडको कारण लगानीकर्ताको ध्यान पुँजी बजारमा आकर्षित भइरहेको अवस्थामा प्रभु म्युचुअल फन्ड ल्याएको ‘प्रभु सेलेक्ट फण्ड’मा लगानीकर्ता उत्साहित देखिएका छन् । प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँको ‘प्रभु सेलेक्ट फण्ड’ मा आवेदन दिने आज (९गते) अन्तिम दिन रहेको छ । कोष प्रवद्र्धक प्रभु बैंक तथा योजना व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ गत जेठ ५ गतेबाट बिक्री खुला गरिएको हो ।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ८ करोड ५० लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । यो बन्दमुखी योजनामा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र देशभरिका तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । सातवर्षे यस योजनालाई नेपाल धितोपत्र बोर्डले गते वैशाख १३ गते निष्कासन गर्ने अनुमति दिएको थियो ।
जेष्ठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेश्रो दिनसम्म १४५.६२ प्रतिशतले ओभर सब्सक्राइब भएको थियो । १० करोड इकाईको माग गरिएकोमा तेश्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको हो ।