काठमाडौं – भयाभह बनेको कोरोना संक्रमण विस्तारै सामान्य बन्ने बाटोमा अगाडी बढेको छ । केहि दिन देखि संक्रमित र संक्रमण दर घट्दै गईरहेको छ भने निको हुनेहरु बढिरहेका छन ।
पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९८० जनालाई संक्रमण पुष्टि भएको छ भने १२९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् ।