काठमाण्डौ – यसो त हरेक कुराको प्रभाव भारत र नेपालमा समान छ । दोस्रो लहर भारतमा आएसँगै नेपालमा पनि भित्रिएको छ ।
नेपाल र भारतमा प्रभाव एउटै हुनुको मुख्य कारण खुल्ला सिमाना पनि एक हो । त्यसमाथि हाम्रा ३० लाख नेपाली रोजगारिको शिलशिलामा भारतमा छन । उनीहरु नेपाल फर्किदा रोगको प्रभावन पनि नेपालमा सँगै आएको देखिन्छ ।
दैनिक ४ लाख भन्दा धेरै संक्रमित रेकर्ड भएको भारतमा पछिल्लो समय कोरोना मिटर विस्तारै घट्न थालेको देखिएको छ । त्यति मात्र होइन पछिल्लो समय भारतमा निको हुनेका संख्या निकै उत्साहजनक रहेको छ । दैनिक संक्रमित भन्दा निको हुनेको संख्या धेरै हुनुले अब भारतमा संक्रमण विस्तारै नियन्त्राण्मा आइरहेको देखाएको छ ।
पछिल्लो २४ घण्ठामा भारतमा २ लाख ५७ हजार नयाँ संक्रमति तपिएका छन भने ३ लाख ५७ हजार भन्दा धेरैले कोरोना जितेका छन । भारतको यो प्रभाव नेपालमा पनि विस्तारै पर्न थालेको छ । नेपालमा संक्रमण दर र निको हुने दर पछिल्लो केहि दिन क्रमश बढेको छ ।
संक्रमण दर र निको हुने दर सकारात्मक भएपनि भारतमा ज्यान जानेको संख्या भने ४ हजार माथि छ जुन चिन्ताजनक छ ।