काठमाण्डौ – आज दिनैभरि नेपाली राजनीतिले माहोल तात्यो ।
संन्सनीपूर्ण पत्रकार सम्मेलन सकेर ओली फेरी आफुनै प्रधानमन्त्रीको दावी सितल निवासमा पेस गरेपछि प्रतिपक्ष दल झन आक्रोशित बनेको छ । यसो त विपक्षी गठबन्धनले पनि आज दावी पेश गरेको छ ।
दुवैको दावी परे पछि भण्डारीले भने परामर्श गरेर निर्णय लिने बनाउनु भएको छ । एक पक्षले १ सय ५३ र अर्को पक्षले १ सय ४९ सांसदको समर्थन दावी पेस भएको छ ।
यसो त कानुनवीद्हरुले भने प्रारम्भीक चरणमा हेर्दा ओलीको भन्दा देउवको दावी बलियो रहेको बताएका छन । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम हिजो मात्र आज ५ बजे सम्मको समय दिएर राष्ट्रपतिले सरकार गठको लागि अनुरोध गर्नु भएको थियो ।