आज एकै दिन ७ हजार ८९० जनाले कोरोना जिते,मृत्यु हुनेको संख्या पनि घट्यो

काठमाण्डौ – कोरोना संक्रमण केहि नियन्त्रणमा आए जस्तो देखिएको छ ।

शुक्रबार देशभरमा ७ हजार ८९० जनाले कोरोनालाई जितेका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाबाट ३ लाख ७४ हजार ८ सय ३६ जनाले कोरोनालाई जितेका स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले १७७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो १९० जनाको मृत्यु भएको थियो ।

आज देशभर ८ हजार ६०७ जनालाई संक्रमण पुष्टि भएको छ । आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख नाघेको छ ।

प्रतिक्रिया